रौतहट, फाल्गुन २४ पवन राज गुप्ता सुनचांदी व्यवसायी द्वारा होली मिलन समारोह कार्यक्रम सम्पन्न ।



सुनचाँदी व्यवसायी द्वारा आयोजित होली मिलन समारोह कार्यक्रम रौतहट जिल्ला को दुर्गा भगवती गाउँपालिका वार्ड नं.१ पिपरा बजार स्थित एक भवनमा भब्यका साथ सम्पन्न भएको छ।
होली मिलन समारोह कार्यक्रम मा रौतहट क्षेत्र नं.१ को नेपाल सोनार समाज सेवा समिति पुर्व नगर अध्यक्ष गुद्री साह को अध्यक्षता र ईलाका प्रहरी कार्यालय गंगापिपरा का प्रहरी नायब निरीक्षक बैजुलाल राय यादव को प्रमुख अतिथिमा सम्पन्न भएको हो।
सुनचाँदी व्यवसायीहरु को विशेष सहयोग र मुकेश साह को पहलमा होली मिलन समारोह कार्यक्रम भब्यता को साथ सम्पन्न भएको छ।
सो कार्यक्रममा रामजी साह,सम्भु साह ,बिरेन्द्र साह, गुडु सोनी,रबिन्द्र साह लगायत सुनचाँदी व्यवसायीहरु उपस्थित रहेको थियो ।













