पवन राज गुप्ता
क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी छापबाट उम्मेदवार बनेका राजेश चौधरी पहिलो स्थानमा रहेको देखिएको छ। पछिल्लो समय जनताबीच उहाँप्रतिको विश्वास दिनप्रतिदिन बढ्दै गएको छ।
राजेश चौधरीलाई स्वच्छ छवि भएका, इमानदार र जनमुखी नेताका रूपमा जनताले हेर्न थालेका छन्। पुराना राजनीतिक प्रवृत्तिबाट आजित भएका मतदाताहरूले नयाँ सोच र परिवर्तनको आशासहित उहाँप्रति आकर्षण बढाएको स्थानीयवासीहरूको भनाइ छ।
क्षेत्रका विभिन्न स्थानमा भएको भेटघाट तथा छलफलमा जनताको उल्लेख्य समर्थन देखिन थालेपछि रास्वपा भित्र समेत उत्साह थपिएको छ। जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धताकै कारण राजेश चौधरीप्रति विश्वासको लहर बढ्दै गएको विश्लेषकहरू बताउँछन्।













