रौतहट/२७ मंसिर।विजय लघुवित्त वित्तीय संस्था गंगा पिपरा शाखाको आयोजनामा एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।विजय लघुवित्त वित्तीय संस्थाका केन्द्रीय प्रतिनिधि तथा अनुगमन अधिकृत ग्यानु परियारको अध्यक्षता तथा वार्ड नं.५को वार्ड अध्य्क्ष धर्मनाथ चौधरी को प्रमुख अतिथिकतामा सम्पन्न भएको छ।
सहभागीहरुलाई प्रशिक्षण गर्दै विजय लघुवित्तका केन्द्रीय प्रतिनिधि तथा अनुगमन अधिकृत ज्ञानु परियारले बचतको महत्व, कर्जाको प्रभावकारी उपयोग, वित्तीय योजना र लगानीका अवसरहरूका साथै डिजिटल भुक्तानी प्रणालीको उपयोगबारे जानकारी गराएका थिए।
ज्ञानू परियारले वित्तीय अनुशासन र जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत रूपमा चर्चा गर्दै, सहभागिहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्नु भएको थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी रहेको प्रतिक्रिया दिंदै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन्।
कार्यक्रम माथि प्रकाश पार्दै विजय लघुवित्त गंगा पिपरा शाखाका प्रमुख प्राशन्त पटेलले यस्ता तालिमले सामुदायिक वित्तीय साक्षरतामा सुधार ल्याउन र आर्थिक समृद्धिमा योगदान दिन मद्दत पुग्ने विश्वासको साथ गरिएको बताए । तालिममा स्थानीय समुदायका सदस्य, महिला उद्यमीहरू सहभागी भएका थिए।
कार्यक्रममा दुर्गाभगवती गाउँपालिका वार्ड नं ५ को वार्ड अध्य्क्ष धर्मनाथ चौधरी, पत्रकार पवन राज गुप्ता,,लगायत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन गौरी शंकर शाह ले गरेका थिए।




















