घण्टी छापप्रति मत खसाल्न जनता आतुर, रौतहट क्षेत्र नं. १ मा परिवर्तनको लहर
रौतहट क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहोल तातेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी प्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको देखिन्छ। विशेषगरी घण्टी छाप प्रति मत खसाल्न जनता आतुर बनेका छन्।
स्थानीय बासिन्दाहरूले पुराना दल र अनुहारहरूबाट निराशा व्यक्त गर्दै यसपटक नयाँ सोच, नयाँ नेतृत्व र स्वच्छ राजनीतिको पक्षमा उभिने संकेत गरेका छन्। राजेश चौधरीले उठाएका सुशासन, पारदर्शिता र विकासका एजेन्डाले युवादेखि वृद्धसम्म आकर्षित गरेको छ।
देशभर परिवर्तनको चाहना बढिरहेको वर्तमान अवस्थामा रौतहट क्षेत्र नं. १ बाट पनि परिवर्तनको स्पष्ट सन्देश जाने निश्चित देखिएको छ। जनताको विश्वास र समर्थनले यसपटक घण्टी छापमार्फत नयाँ राजनीतिक इतिहास रचिने अपेक्षा गरिएको छ।
जनताको आवाज स्पष्ट छ— अब परिवर्तन, अब घण्टी छाप।


















