Saturday, June 6, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home फिचर न्युज

‘विमानस्थलप्रति नकारात्मक नबनौं, प्राथमिकतामा बहस गरौं’

newsalert by newsalert
January 11, 2023
in फिचर न्युज, विचार
0
‘विमानस्थलप्रति नकारात्मक नबनौं, प्राथमिकतामा बहस गरौं’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा बढ्दै गइरहेका आन्तरिक विमानस्थलप्रति हामी ज्यादा नकारात्मक हुनुपर्ने आवश्यकता छैन । तर, प्राथमिकताका बारेमा भने बहस गर्न सकिन्छ । पर्याप्त तयारीका साथ मात्रै विमानस्थल बनाउनुपर्छ ।

विमानस्थल बनाउने क्रममा राजनीतिक स्वार्थ, भोट बैंकको अवस्था हेरिनु नौलो कुरा होइन । सडक जस्तै सांसदहरूलाई सबैभन्दा सजिलो रूपमा काम देखाउने पूर्वाधार विमानस्थल पनि हो । देशका विभिन्न ठाउँमा विमानस्थलहरू बनेकोमा मलाई त्यति धेरै चिन्ता छैन । धेरैजसो पहाडी क्षेत्रमा आन्तरिक विमानस्थल बनाउने गरिएको छ ।

नेपाली पनि पहिलेजस्तो हवाईजहाज चढ्नै नसक्ने छैनन् । अहिले नेपालीको जीवनस्तरमा आएको परिवर्तनले आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ । भारतमा पनि १२/१५ वर्ष अघिसम्म आन्तरिक यात्रुको संख्या निकै कम थियो, अहिले बढेको छ ।

नेपालमा पनि त्यस्तै अवस्था छ । सडकबाट यात्रा गर्दाको तुलनामा केही बढी खर्च गर्दा हवाईयात्रा गर्न सहज हुने भए पनि मानिसहरूले त्यही विकल्प छान्न थाले । अर्कोतर्फ प्रतिस्पर्धाका कारण भाडादर पनि सस्तो भयो ।

नेपालको दुर्गम क्षेत्रमा विमानस्थल बनेर पनि चल्न सकेका छैनन् । विमानस्थल त बनायो, तर यात्रुहरूको चाप भएन भने विमान कम्पनीहरूले हवाईजहाज उडाउँदैनन् । सरकारले दुर्गम क्षेत्रमा सुविधा पुर्‍याउन धेरै सहुलियत दिएको थियो । पछि दुर्गमलाई सहुलियत दिइरहने नीतिमा सरकार अडिन सकेन ।

नेपालका कैयौं सेक्टर पर्यटकले धानेको देखिन्छ, पर्यटकबाट राम्रो आर्जन हुने भएकाले नेपाली यात्रुहरूले पनि त्यसबाट लाभ पाउँछन् । पर्यटक नजाने दुर्गम क्षेत्रहरूमा सरकारले सहुलियत दिन छाडेपछि विमानहरू जान छाडे ।

आन्तरिक गन्तव्यहरूमा अकुपेन्सी (यात्रुको चाप) धेरै भए पनि विमान कम्पनीहरूलाई ज्यादा नाफा छैन । पर्वतीय उडान (माउन्टेन फ्लाइट) का कारण नेपालका कैयौं विमान कम्पनी ‘सर्भाइभ’ भएका छन् । कतिपय अवस्थामा राजनीतिक नेतृत्वले हवाई भाडा घटाउने भनी सस्तो लोकप्रियताका अभिव्यक्ति दिए पनि त्यो सम्भव छैन । किनभने कुनै पनि विमान कम्पनीका सञ्चालकहरूले खल्तीबाट पैसा हालेर सेवा सञ्चालन गर्दैनन् ।

नेपालमा आन्तरिक विमानस्थल बनिरहेका छन् । कतिपय फेरि चल्न नसकेर बन्द भएका छन् । बन्द भएका कैयौं विमानस्थल फेरि चलेका छन् । झापाको चन्द्रगढी विमानस्थल कुनै समय बन्द थियो, दाङको विमानस्थल पनि बन्द थियो । झापाको चन्द्रगढी अहिले राम्रो चलेको छ, व्यस्त विमानस्थल बनेको छ ।

भरतपुर काठमाडौंबाट निकै नजिक पर्छ । काठमाडौंबाट जुनसुकै बेला जहिले पनि चितवन जाने गाडी पाइन्छ । तर भरतपुरको विमानस्थल चलिरहेको छ । त्यो क्षेत्रमा गन्तव्य बनाउने मानिसहरूको समय जोगिने रहेछ र त्यसका लागि यात्रुहरू खर्च गर्न तयार हुँदारहेछन् । त्यही कारणले भरतपुर विमानस्थल व्यस्त रूपमा चलिरहेको छ ।

राजनीतिक नेतृत्व र इच्छाशक्तिका कारण मात्रै सम्भावना नभएका ठाउँमा बन्ने विमानस्थललाई यदाकदा ‘पोलिटिकल एयरपोर्ट’ (राजनीतिक विमानस्थल) भनी टीकाटिप्पणी र व्यंग्य गरिन्छ । तीमध्ये पनि कैयौं विमानस्थल चलिरहेका छन् । नेताहरूले देखिने काम भएकाले सडक, खानेपानी र विमानस्थलमा जाँदा अग्रसर हुन्छन् । जनताले खोज्ने पनि यस्तै कुरा हो । कतिपयले अलि बढी नै हस्तक्षेप गर्लान्, त्यो बेग्लै कुरा हो ।

पहाडमा बन्ने साना विमानस्थलहरूमा लगानी धेरै हुँदैन । ४००/५०० मिटर लम्बाइमा धावनमार्ग तयार हुन्छन् । ठूलो टर्मिनल पनि आवश्यक पर्दैन । दुर्गमको पहाडका टुप्पाहरूमा धावनमार्ग बनाउँदा के नै फरक पर्छ र ? प्रकोपको बेलामा त्यस्ता ठूला ठाउँहरू उपयोगमा पनि आउँछन् । डाँडाको खुला ठाउँमा विमानस्थल बनाउँदा के नै नोक्सानी हुन्छ र ? कतिपयले त्यहाँ आन्तरिक विमानस्थल बनाउने बजेटले ५/७ किलोमिटर बढी सडक बन्नेथियो भन्ने तर्क पनि गर्छन् । तर यसमा चिन्ता गर्नुपर्ने कुरा केही देखिंदैन ।

हेलिकप्टर नै ल्याण्ड गर्नुपर्‍यो भने पनि त्यस्तो विमानस्थल सुरक्षित र भरपर्दो हुन्छ । सामान भण्डारणका लागि अनुकूल हुन्छ । कुनै पनि दृष्टिकोणले औचित्ययुक्त छैन, विमान चल्नै सक्दैन र अनावश्यक रहर हो भने त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर बजेट अन्यत्र लगानी गर्नुपर्छ । विमानस्थल बन्ने सम्भावना नभए केवल राजनीतिक दबावका आधारमा मात्रै अघि बढाउनुहुँदैन ।

दुर्गममा सञ्चालन हुने विमानस्थलहरूको सञ्चालन खर्च निकै कम हुन्छ । सामान्य तालिमप्राप्त ‘एयर ट्राफिक कन्ट्रोलर’ र सुरक्षाकर्मीबाट विमानस्थल सञ्चालन हुनसक्छ । सरकारी निकायहरूले कम खर्चमा यस्ता विमानस्थल चलाउँदा ठूलो समस्या हुँदैन ।

नेपालमा पछिल्ला केही दशकमा शहरहरू बढ्दै गएका छन् । शहरमा मान्छेको भीड मात्रै हुँदैन, खर्च गर्न सक्ने क्षमता भएका मानिस पनि बस्छन् । उनीहरूको अनुकूलताका लागि पहिले ठिकठिकै चलेका विमानस्थल अहिले राम्ररी चलेका छन्, कतिपय त क्षेत्रीय विमानस्थल बनेका छन् ।

कुल ‘उड्डयन’ खर्चमा आन्तरिक विमानस्थलको सञ्चालन खर्च निकै नगन्य छ । भैरहवा, पोखरा, विराटनगर, नेपालगञ्जलगायत ६/७ वटा बाहेकका विमानस्थलहरू नाफामा छैनन् । दुर्गमका विमानस्थलहरूले सञ्चालन खर्च उठाउन सक्दैनन्, नगन्य नोक्सानमा छन् । राजस्व उठाउने काममा सक्रियता नदेखाएका कारण पनि उनीहरूको आम्दानी खुम्चिएको हो ।

विमानस्थल भनेको व्यावसायिक केन्द्र पनि हो । विकसित मुलुकमा पनि ‘एरोनटिकल’ भन्दा पनि ‘नन–एरोनटिकल’ आम्दानी बढी हुन्छ । विमानको ल्याण्डिङ चार्ज, ह्याण्डलिङ भन्दा पनि व्यावसायिक आम्दानी ज्यादा हुन्छ । त्यसतर्फ ध्यान पुग्न सकेको छैन । सुगमका विमानस्थललाई सहुलियत दिन आवश्यक पनि छैन ।

अमेरिका र क्यानडाका दुर्गमतिर पनि उडान हुन्छन् । झाडी भएको विमानस्थलमा अवतरण गरिने भएकाले ‘बस–फ्लाइङ’ भन्ने चलन पनि छ । सञ्चारका उपकरण र सामान्य कर्मचारी भए विमानस्थल चल्न सक्छ । नेपालमा बढ्दै गइरहेको आन्तरिक विमानस्थलप्रति हामी ज्यादा नकारात्मक हुनुपर्ने आवश्यकता छैन । तर, प्राथमिकताका बारेमा भने बहस गर्न सकिन्छ । पर्याप्त तयारीका साथ मात्रै विमानस्थल बनाउनुपर्छ ।

(नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक देउजासँग अनलाइनखबरका कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

Previous Post

कांग्रेस किन कमजोर बनिरहेको छ ?

Next Post

माओवादीसँग एकताबारे प्रदीप ज्ञवाली : यसपल्ट अलिक बुझेरै अगाडि बढ्छौं (अन्तर्वार्ता)

newsalert

newsalert

Next Post
माओवादीसँग एकताबारे प्रदीप ज्ञवाली : यसपल्ट अलिक बुझेरै अगाडि बढ्छौं (अन्तर्वार्ता)

माओवादीसँग एकताबारे प्रदीप ज्ञवाली : यसपल्ट अलिक बुझेरै अगाडि बढ्छौं (अन्तर्वार्ता)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.