‘सरकारमा सहभागी दलहरूको बीचमा साझा र अर्थपूर्ण कार्यक्रम बनाउने भन्ने हो जसले हामीलाई गाइड गरोस्’, ज्ञवाली भन्छन् । दुई वर्ष अगाडि मात्रै छुटेको माओवादी केन्द्रसँग विचार गरेरै थप यात्रा तय हुने बताउने उनले थपे, ‘यसपल्ट अलिक सिकेर, बुझेर अघि बढ्न गइरहेका छौं ।’
२१ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई निकास दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको बताएका छन् । संसदीय समीकरणले साझा सरकार बनाउनुपर्ने परिस्थिति बनेकाले पनि ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको ज्ञवालीको भनाइ छ ।
‘सरकारमा सहभागी दलहरूको बीचमा साझा र अर्थपूर्ण कार्यक्रम बनाउने भन्ने हो जसले हामीलाई गाइड गरोस्’, ज्ञवाली भन्छन् । दुई वर्ष अगाडि मात्रै छुटेको माओवादी केन्द्रसँग विचार गरेरै थप यात्रा तय हुने बताउने ज्ञवाली थप्छन्, ‘यसपल्ट अलिक सिकेर, बुझेर अघि बढ्न गइरहेका छौं ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नु र त्यो एकता नटिक्नुको सिकाइलाई ध्यान दिएरै माओवादी केन्द्रसँग कसरी अगाडि बढ्ने भन्ने तय गर्ने उनी बताउँछन् । तर एकीकृत समाजवादीसँग भने तत्काल एकता नहुने उनको बुझाइ छ । भन्छन्, ‘त्यो नेकपा एस भन्ने समूहसँग तत्काल सम्बन्धको ‘नर्मलाइजेसन’ त्यति देखेको छैन ।’
प्रस्तुत छ, पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीसँग अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले गरेको कुराकानीको सम्पादित अंश । यसको भिडियो हेर्न प्रस्तुत लिंकमा जानुहोस् ।













