रौतहट, भदौ १५ –पवन राज गुप्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रौतहट जिल्ला समन्वय समितिको बैठक आइतबार गरुडा स्थित अनुष पार्टी प्यालेसमा सम्पन्न भएको छ।
बैठकले जिल्लाभरका विभिन्न नगर कमिटीका ईन्चार्ज तथा अध्यक्ष तोक्ने निर्णय गरेको छ। गौर नगर कमिटीको ईन्चार्जमा क. चन्द्रेश्वर राउत र अध्यक्षमा क. शशी श्रेष्ठ, राजदेवीमा क. रामनारायण यादव, यमुनामाईमा क. श्रीप्रसाद मुखिया (चन्द्रिका) र अध्यक्षमा क. चेतन यादव, दुर्गाभगवतीमा क. DK झा र अध्यक्षमा शम्भु सिंह, माधवनारायणमा क. लिला साह र अध्यक्षमा क. देवनारायण भगत वीनलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, ईशनाथ नगर कमिटीको ईन्चार्जमा क. रामप्रवेश सहनी र अध्यक्षमा क. रामबचन साह, राजपुरमा शेख अमिरूल्लाह र अध्यक्षमा शेख सब्धर, परोहामा क. कमरेज अख्तर र अध्यक्षमा क. अमिन्दर यादव, बौद्धीमाईमा क. जमिलख्तर देवान र अध्यक्षमा सागर महतो, मौलापुरमा क. उपेन्द्र जयसवाल र अध्यक्षमा क. रामप्रवेश यादव, फतुवा बिजयपुरमा क. अजय तिमल्सिना र अध्यक्षमा क. प्रमोद यादव, कटहरियामा क. रामाकान्त चौरसिया र अध्यक्षमा क. नसरूदिन अंसारी, गुजरामा क. छोटेलाल चौधरी र अध्यक्षमा क. एकरामुल हकलाई जिम्मेवारी दिइएको छ।
यस्तै देवाहीगोनाहीमा क. रामाकान्त चौरसिया र अध्यक्षमा क. मनोज पटेल, गरूडामा क. रामविनोद साह र अध्यक्षमा क. शिवजी साह, गढीमाईमा क. छठु चौधरी र अध्यक्षमा क. कान्छा सहनी, वृन्दावनमा क. रामप्रसाद पटेल र अध्यक्षमा क. श्याम नन्दन यादव तथा चन्द्रपुर नगर कमिटीमा क. राजु धामी र अध्यक्षमा क. टिका आचार्यलाई जिम्मेवारी तोकिएको छ।
कार्यक्रमा पूर्व सविंधान सभा सदस्य देबेन्द्र पटेल,पूर्व मंत्री सतनारायण भगत, र पूर्व सांसद अशोक जैसवाल लगायतका नेता हरू उपस्थित थिए।
बैठकले जबससहित विभिन्न मोर्चाहरूमा पनि फ्रेक्सन ईन्चार्ज तोक्ने निर्णय गरेको छ। बैठकमा सहभागी सम्पूर्ण कमरेडलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
बैठकले बाँकी रहेका कार्यविभाजन चाँडै सम्पन्न गर्ने प्रतिबद्धतासहित समापन भएको जिल्ला अद्यक्ष अशोक जैसवालले जनाएको छ।
















