पवन राज गुप्ता
रौतहट,१ फागुन ।रौतहटको सदरमुकाम गौरमा महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति, रौतहटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमाननीय तथा पार्टीका जिल्ला इन्चार्ज अशोक जयसवाल रहेका थिए। उनले पार्टीको योजना, सिद्धान्त, तथा जनयुद्धको ऐतिहासिक महत्वबारे सम्बोधन गरेका थिए।
पार्टीको नयाँ कार्यदिशा र संगठन विस्तारमा प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमले पार्टीको संगठनात्मक सुदृढीकरण र जनसमर्थन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।















