चैत्र-८
रौतहट
जपान सरकारको आर्थिक सहयोगमा श्री समुदायिक विकास केन्द्र गौर-५,रौतहट द्वारा दुर्गा भगवती -५ बढ़हरवा, रौतहटमा निर्मित’Emergency shelter & Training centre””को उद्गघाटन कार्यक्रम गरीएको छ।
सो कार्यकमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा संघीय सांसद रौतहट छेत्र न.१ माधव कुमार नेपाल,जापान सरकारका राजदूत तमुरा तकाहीरो,समुदायिक बिकास केन्द्र को अध्य्क्ष अनिल कुमार सिंह,अतिथि प्रदेश सभा सदस्य मा.नागेन्द्र शाह, पूर्व मन्त्री अनिल कुमार झा,दूर्गाभगवती गाउँपलिका अध्य्क्ष शम्भू कुमार सिंह, गौर नगरपलिका को प्रमुख शम्भू शाह, संबिधान सभा सदस्य सरला यादव,रेवन्त झा,दुर्गा भगवती गाउँपलिका को पूर्व अध्य्क्ष अरुण कुमार शाह, उपा-अध्य्क्ष शिला देवी ,रौतहट जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लागयत स्थानीय बासिन्दाहरु को उपस्थित थियो।
बड़हरवा अति नै बांधी ग्रस्त छेत्र रहेकोले सो भवनको निर्माण गरिएको समुदायिक बिकाश केन्द्र को अध्य्क्ष अनिल कुमार सिंह के बताउनु भएको छन।
जपान सरकार ले पटक पटक सहयोग गरेकोमा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपाल ले धन्यबाद व्यक्त गरेका छन।



















