रौतहट पवन राज गुप्ता
रौतहटको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि आफ्ना करोडौं मूल्य बराबरको ५कठा जग्गा निशुल्क दान गरेका छन्।



माधवनारायण नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि नगर प्रमुख बैजनाथ प्रसाद यादवले आफ्ना करिब १ करोडको जग्गा निःशुल्क दान गरेपछि नगरवासी निकै हर्षित भएका छन। माधोपुरमा अब नगरपालिकाको आफ्नै भवन पनि चाँडै निर्माण हुने मेयर यादवले बताए ।













