२७ पुस, सुर्खेत । सत्ता समीकरणमा आएको बदलावसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जुरेको थियो नेकपा एमालेलाई । तर सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच भएको सहमति अनुसार एमालेकै समर्थनमा आगामी पाँच वर्ष कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएको छ । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष माओवादीलाई सुम्पिने…
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने समझदारी
२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । २५ पुसमा दुई बैंकबीच १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर भएको छ ।
मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्।
प्रारम्भिक सम्झौता बराबरी हैसियतमा मर्जरमा जाने सहमति भएपनि सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्दा ५ प्रतिशतभन्दा बढीको अन्तर आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज हुनेछ ।
असोज मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।












