Sunday, August 30, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home फिचर न्युज

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

newsalert by newsalert
January 11, 2023
in फिचर न्युज, मनोरञ्जन
0
पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जीवनमाथि अभिनेता रमित ढुंगानाले फिल्म निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ ।

बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले दुई वर्षदेखि लेखिरहेको रमितले बताए ।

‘अहिले हामी यसका लागि अध्ययन अनुसन्धानमा जुटिरहेका छौं । तथ्य गलत हुनुभएन । विदेशीसँग तुलना गर्दा पनि राम्रो देखिनुपर्‍यो । सबै नेपालीले गौरव गर्ने फिल्म बनाउने हाम्रो उद्देश्य हो,’ अनलाइनखबरसँग रमितले भने ।

बोर्डमा फिल्म दर्ता गर्दा यसको बजेट एक करोड रुपैयाँ उल्लेख भए पनि अहिले भने निकै महंगो पर्न आउने देखिएको रमितको भनाइ छ । यसका लागि नेपाली सेनासँग पनि सहकार्यका लागि छलफल भइरहेको उनले बताए । ‘पृथ्वीनारायण शाह नेपाली सेनाको संस्थापक भएकाले पनि सेनासँग सहकार्य गर्न सकिन्छ कि भनेर कुरा भइरहेको छ । छायांकनका लागि आवश्यक शस्त्रअस्त्रका कुरामा पनि सेनाले सहयोग गर्न सक्छ,’ उनले भने, ‘सेनाबाहेक सरकारसँग पनि यसबारे कुरा हुन्छ ।’

फिल्मका लागि भनेर गत महिना रमित गोरखा दरबारमा पनि अध्ययन अवलोकनका लागि पुगेका थिए । सिन्धुलीगढी पनि पुगेर तथ्य संकलनको कार्य भइरहेको उनले जनाए । ‘गरेपछि राम्रो गर्नुपर्छ भन्ने हो । गाह्रो पक्कै छ तर हामी अघि बढ्छौं,’ उनले भने । पृथ्वीनारायण शाह फिल्मलाई नेपालीसहित विभिन्न भाषामा निर्माण गर्ने योजना छ ।

रमितले यसअघि ‘बुद्ध बर्न इन नेपाल’ फिल्म निर्माण गरेका थिए । जसका लागि उनले अहिले पनि यो अभियान चलाइरहेका छन् । रमितको आगामी बायोपिक फिल्म ‘मुस्कान’ आगामी महिनादेखि छायांकनमा जाने तयारी छ । एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमाथि बन्ने यो फिल्ममा केही राजनीतिज्ञले पनि अभिनय गर्ने चर्चा छ । ‘जब मैले मेरो हात समातेर मुस्कान बहिनी रोएको दृश्य देखें र देशका लागि केही गर्छु भनेर बोलेको सुनें, तब बायोपिक फिल्म निर्माणको रुचि ममा जाग्यो,’ उनले भने ।

Previous Post

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

Next Post

निश्चलसँग अस्ट्रेलिया घुम्न मन छ : स्वस्तिमा खड्का

newsalert

newsalert

Next Post
निश्चलसँग अस्ट्रेलिया घुम्न मन छ : स्वस्तिमा खड्का

निश्चलसँग अस्ट्रेलिया घुम्न मन छ : स्वस्तिमा खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.