Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home स्वास्थ्य-जीवनशैली

तौल कम गर्न रिभर्स डाइटिङ फाइदाजनक : के हो, कसरी गर्ने ?

newsalert by newsalert
December 22, 2022
in स्वास्थ्य-जीवनशैली
0
तौल कम गर्न रिभर्स डाइटिङ फाइदाजनक : के हो, कसरी गर्ने ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हामी सबै फिट हुन चाहन्छौँ, शरीरलाई सुगठित पनि बनाउन चाहन्छौँ । यसका लागि तौल नियन्त्रणमा राख्नु अति आवश्यक छ । शरीरको तौल नियन्त्रणमा राख्न वा मोटोपना कम गर्न मानिसहरु विभिन्न किसिमका व्यायाम र खानपानको अनुशासन पालना गर्छन् । यसले केही समयको लागि निकै राम्रो नतिजा पनि देखिन्छ तर केही समयपछि नतिजा आउन बन्द हुन्छ वा प्रगति रोकिन्छ । यस्तो अवस्थामा तपाईंले कम क्यालोरी खाए पनि तौल घट्दैन । त्यसैले यस्ता समस्यासँग जुध्नका लागि मानिसहरू ‘रिभर्स डाइटिङ’को सहारा लिन्छन् । रिभर्स डाइटिङ आजकल धेरै चलनमा छ । तर धेरैलाई यसबारे निकै कम जानकारी छ । रिभर्स डाइटिङ भनेको के हो र यसले तौल नियन्त्रणमा कसरी फाइदा गर्छ ? यसबारे जानकारी पाउनका लागि ओन्ली माई हेल्थले भारतकी गरिमा गोयलसँग कुराकानी गरेको छ । गरिमा क्लिनिकल पोषण विशेषज्ञ हुन् ।

रिभर्स डाइटिङ भनेको के हो र यो तौल नियन्त्रणमा कसरी फाइदाजनक छ भन्ने बारे जानकारी लिऔँ ।

रिभर्स डाइटिङ के हो ?

आहारविद् गरिमाका अनुसार रिभर्स डाइट तौल घटाउने प्लेट्यूलाई रिभर्स वा उल्ट्याउने उपाय हो । रिभर्स डाइटिङ तौल घटाउनमा प्लेट्यु तोड्नका लागि गरिन्छ । यसको अर्थ यो हो कि कि जब कोही व्यक्तिले तौल घटाउने प्रयासमा कम खाना खान्छ वा धेरै समयसम्म कम फ्याटयुक्त आहारको सेवन गरिरहेको छ भने उसको तौल स्थिर हुन्छ र तौल घट्न बन्द हुन्छ । यस्तो किन हुन्छ भने तपाईंको शरीर डेफिसिटमा चलिरहेको हुन्छ जसका कारण शरीरमा कुनै परिणाम देखिँदैन । त्यसैले यो अवस्थाको समाधान भनेको रिभर्स डाइट वा रिभर्स डाइट हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिलाई पहिले धेरै थोरै खाना दिइन्छ भने उसलाई रिभर्स डाइटिङमा बढी खाना दिइन्छ । जस्तै यदि उसलाई पहिला ८००–९०० क्यालोरी दिइएको थियो भने अब उसलाई १५००–१६०० क्यालोरी खानुपर्ने हुन्छ । यसो गर्दा उसको मेटाबोलिजममा तीब्रता आउँछ । साथै यति लामो समयसम्म डाइटिङ गरेपछि उसको बनेको प्लेट्युलाई तोड्नु पर्छ । त्यसैले पनि रिभर्स डाइटिङ गर्ने गरिन्छ ।

रिभर्स डाइटिङमा तौल कम कसरी हुन्छ ?

आहारविद् गरिमाका अनुसार रिभर्स डाइटिङले मेटाबोलिज्मलाई गति दिन्छ । जब तपाईंको मेटाबोलिज्मले राम्रोसँग काम गरिरहेको हुन्छ, यसले क्यालोरीहरू छिटो बर्न गर्न मद्दत गर्दछ । यसले शरीरमा जमेको बोसोलाई कम गर्न मद्दत गर्छ । साथै, जब तपाईंंसँग फास्ट र स्ट्रङ्ग मेटाबोलिजम हुन्छ, तपाईं सामान्य शारीरिक गतिविधिमा पनि फ्याट बर्न गर्न सफल हुनुहुनेछ । तपाईंले जति धेरै शारीरिक गतिविधि गर्नुहुन्छ, त्यति नै चाँडो तपाईंको तौल घट्ने गर्छ ।

रिभर्स डाइटिङ कसरी गर्ने ?

रिभर्स डाइटिङ गर्न धेरै सजिलो छ । तर यसका लागि तपाईंले आफ्नो अघिल्लो खानाको ढाँचा बुझ्न आवश्यक छ । यदि तपाईंले आफ्नो अघिल्लो आहारमा क्यालोरीको मात्रा घटाउनु भएको थियो भने तपाईंले अब यसलाई बढाउनमा ध्यान दिनुपर्छ । तर तपाईंले यी सबै एकैपटक भने गर्नुहुँदैन । क्यालोरीको मात्रा बिस्तारै बढाउँदै लैजानुपर्छ ।

यो सबै एकैचोटि गर्नुपर्दैन, तपाईले बिस्तारै क्यालोरीको मात्रा बढाउनुपर्छ । तपाईंले १–२ हप्ता भित्र यसको नतिजाहरू देख्न सक्नुहुन्छ । यद्यपि, तपाईंले निकै छिटो परिणाम भने देख्नु हुनेछैन । तपाईंले ४–५ हप्ताका लागि रिभर्स डाइटिङ गर्नुपर्छ । तर यदि यो समयमा तपाईको तौल बढिरहेको छ भने तपाईंले धेरै नै क्यालोरी खाइरहनुभएको छ । यस्तो अवस्थामा तपाईंले केही क्यालोरी कम गर्न सक्नुहुन्छ । तर क्यालोरीको मात्रा बढाउनका लागि तपाईंले अस्वस्थ खानेकुरा खानु भने हुँदैन ।

Previous Post

केराको फुल(बुङ्गा) खानुका फाइदा जानिराखौ

Next Post

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

newsalert

newsalert

Next Post
आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.