
काठमाण्डौ,फाल्गुन -२९
नेपालले पीएनजीलाई ९ विकेटले हराएर ईतिहास कायम गरेको छ । नेपालले ओडिआईमा पहिलोपटक ९ विकेटको जित दर्ता गरेको हो । यसअघि नेपालले अमेरिकामाथि ८ विकेटको जित दर्ता गरेको थियो ।
जितका लागि पाएको ९६ रनको लक्ष्य नेपालले ७ दशमलब ४ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्यो ।
- Uncategorized
- अन्तर्राष्ट्रिय
- अन्तर्वार्ता
- अपराध
- खेलकुद
- पर्यटन
- फिचर न्युज
- मनोरञ्जन
- राजनीति
- विचार
- विजनेश
- स्वास्थ्य-जीवनशैली

नेपालका लागि आशिफ शेखले ५३,कुशल भुर्तेलले ३३, कुशल मल्लले १२ रनको योगदान गरे ।
पीएनजीका चोड सोपरले १ विकेट हात पारे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस टस हारेर पहिला ब्याटिङ गरेको पीएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो । उसका असाड भालाले सर्वाधिक २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २,कुशल मल्लले २,सोमपाल कामीले १ विकेट हात पारे ।

नेपालले आज गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाईएको थियो ।
यो जितसंगै नेपालले विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाएको छ ।
नेपालले ३५ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा छ । विश्वकप छनौट खेल्न बाँकी रहेका एउटा खेल जित्नुपर्छ ।
नेपालले उक्त खेल चैत २ गते युएईसंग खेल्नेछ












