काठमाडौं महानगरपालिका निजी सवारीको संख्या, आवागमन र सुविधा बढाउने गरी खुलामञ्चभित्र पार्किङ पूर्वाधार बनाउन अग्रसर भइरहँदा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)सँग निजी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न उपत्यकामा मेट्रो रेल सञ्चालनको लागि सहकार्यको प्रस्ताव गरेका छन् । यो प्रस्तावले मूर्त रूप पाए काठमाडौं उपत्यकाको समग्र शहरी यातायात प्रणाली बदलिएर आम शहरवासीदेखि पर्यटकसम्मले भरपर्दो सार्वजनिक यातायात सुविधा पाउन सक्नेछन् ।

सबैले स्वीकारेको विषय हो, काठमाडौंमा ठूला क्षमताका वैकल्पिक सार्वजनिक सवारी साधान (मास ट्रन्जिट) को विकास र सञ्चालन अनिवार्य भइसक्यो । तर, काठमाडौं महानगरपालिका शहरभित्र निजी सवारीको संख्या, आवागमन र सुविधा बढाउने गरी खुलामञ्चभित्र पार्किङ पूर्वाधार बनाउन अग्रसर छ ।
मेयर महर्जनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)सामु गत हप्ता दुई पटक एउटै प्रस्ताव दोहोर्याए, ‘उपत्यकामा मेट्रो रेल सञ्चालनको लागि काठमाडौं र ललितपुर महानगरपालिकाबीच सहकार्य गरौं ।’
बिहीबार माठमाडौं महानगरको २८औं र शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा उनले शहरभित्र निजी सवारी थुप्रिरहेकोमा चिन्ता व्यक्त गर्दै उपत्यकामा मेट्रो रेलको विकल्प नभएकाले महँगो छ भनेर पछि हट्ने अवस्था नरहेको बताए ।
यही बेला ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले निजी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न एउटा प्रस्ताव गरेका छन्, जसले काठमाडौं उपत्यकाको समग्र शहरी यातायात प्रणाली बदलिएर आम शहरवासीदेखि पर्यटकसम्मले भरपर्दो सार्वजनिक यातायात सुविधा पाउन सक्नेछन् ।












