Friday, October 30, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home विजनेश

११ अर्ब १६ करोडको विद्युत निर्यात, यो वर्ष आयातभन्दा निर्यात बढी हुने

newsalert by newsalert
December 20, 2022
in विजनेश
0
११ अर्ब १६ करोडको विद्युत निर्यात, यो वर्ष आयातभन्दा निर्यात बढी हुने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड -आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ -भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुईवटा  जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालु आव २०७९/८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा  नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत माग धान्न भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरे । घिसिङले वैशाख अन्तिम/जेठको पहिलो हप्ताबाबाट फेरि विद्यत निर्यात सुरु हुने बताए ।

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत आयात सुरु भएको छ, विद्युत आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत आयात परिमाण निर्यात भन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने,’विगतका वर्षहरुमा विद्युत निर्यात परिमाण आयात भन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने छ, विद्युत निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौं ।’

प्राधिकरणले आइएक्सको प्रतिश्पर्धी बजारमा विद्युत बिक्री र खरिद गर्दै आएको छ । ‘आईएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरुसँग छोटो अवधिको विद्युत खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’,उनले भने,’यसका लागि बजार अध्ययन गरिरहेका छौं ।’

आईएक्समा विद्युत खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  आठ रुपैयाँ २२ पैसा रहेको छ ।

Previous Post

पार्किङ खोजिरहेका बालेनलाई चिरिबाबुको ‘मेट्रो’ प्रस्ताव

Next Post

प्राधिकरणले ११ पुसदेखि अव्यवस्थित तार हटाउने

newsalert

newsalert

Next Post
प्राधिकरणले ११ पुसदेखि अव्यवस्थित तार हटाउने

प्राधिकरणले ११ पुसदेखि अव्यवस्थित तार हटाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

March 24, 2023
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

imunify-bot-check