Sunday, August 30, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home राजनीति

सङ्घीय सरकारसहित छ माओवादीका अर्थमन्त्रीको बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित

newsalert by newsalert
December 20, 2022
in राजनीति
0
सङ्घीय सरकारसहित छ माओवादीका अर्थमन्त्रीको बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरिसकेको छ ।

राष्ट्रियसभामा पनि शुक्रबारदेखि विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभामा यही असार ६ गते बजेटसँग जोडिएका अन्य विधेयकमाथि छलफल हुनेछ । यस्तै, प्रदेश सरकारका अर्थमन्त्रीले पनि यही असार १ गते बजेट प्रस्तुत गरे ।

नेपालको संविधानले समाजवादको आधार तयार पार्ने प्रावधानलाई आत्मसात् गरेको छ । सोही आधारमा यस पटक केन्द्रदेखि प्रदेशसम्मका बजेट प्रस्तुत भएका छन् । केन्द्रदेखि प्रदेश सरकारकातर्फबाट कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

हरेक प्रदेशका बजेटमा कृषि, आत्मनिर्भर अर्थतन्त्र, उद्योग क्षेत्रको विकास, रोजगारीको विस्तारलाई जोड दिइएको छ । प्रदेश–१ ले आगामी आर्थिक वर्षका लागि रु ३९ अर्ब ७३ करोड ८३ लाख बजेट प्रस्तुत गरेको छ । सो प्रदेशले कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण एवम् त्यसलाई उद्योगसँग जोड्ने गरी प्राथमिकतामा राखेको छ । प्रदेशको १० वर्षे कृषि विकासको रणनीतिअनुसार बजेट प्रस्तुत गरिएको आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको भनाइ छ ।

खाद्य पदार्थको उत्पादन वृद्धिलाई विशेष प्राथमिकतामा राखेर रु १३ करोड ५० लाख, प्राङ्गारिक मलका लागि रु एक करोड ५० लाख, बाली र पशुपन्छी अनुदान उपलब्ध गराउन रु तीन करोड, नव प्रवर्तन कृषि कार्यक्रमका लागि ब्याज अनुदानका लागि रु नौ करोड, कृषि व्यवसायिकरण र औद्योगिकीकरणका लागि रु १३ करोड र अदुवा, अलैँची, चिया, सुपारी, रुद्राक्ष आदिको मूल्य अभिवृद्धि र बजार प्रवद्र्धन गर्न रु पाँच करोड बराबरको बजेट उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले आ–आफ्नो सापेक्षता र प्राथमिकतामा बजेट तयार पारेका छन् । त्यसको केन्द्रमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने विषयलाई महत्वका साथ सम्बोधन गरिएको छ । माओवादीले विशेष गरी नेपालको सापेक्षतामा समाजवादको विकास गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको छ ।

सात प्रदेशमध्ये पाँच वटामा माओवादीका नेता नै अर्थमन्त्री हुनु र सङ्घीय सरकारको अर्थ मन्त्रालयको नेतृत्व समेत माओवादी केन्द्रका प्रभावशाली नेताले सम्हाल्नुले पनि नागरिकका अपेक्षा अलिक बढी रहनु स्वभाविक नै रहन्छ ।

प्रदेश–१ को आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्र आङ्बो हुनुहुन्छ । यस्तै, बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा शालिकराम जम्कट्टेल हुनुहुन्छ । गण्डकी प्रदेशमा रामजीप्रसाद बरालले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा कृष्णध्वज खड्का र कर्णाली प्रदेशको अर्थ मन्त्रालयको जिम्मेवारी माओवादी नेता विन्दमान विष्टले सम्हाल्नुभएको छ ।

एउटा सन्दर्भ पनि यस पटकको बजेट निर्माणमा जोडिएको छ । त्यो हो, सत्तागठबन्धनको प्रमुख सहयात्री नेकपा (माओवादी केन्द्र) । सङ्घीय सरकारको अर्थमन्त्रीमा सो पार्टीका नेता जनार्दन शर्मा हुनुहुन्छ । यस्तै, सात वटा प्रदेश सरकारमध्ये पाँच वटा प्रदेश सरकारको अर्थमन्त्रालयको नेतृत्व माओवादीका नेताले नै सम्हालेका छन् ।

Previous Post

अमेरिकाको धम्कीले डराउँदैनौँ सम्राज्यवादीको भण्डाफोर गर्छौँ : देव गुरुङ

Next Post

ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन

newsalert

newsalert

Next Post
ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन

ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.