पवन राज गुप्ता
दुर्गाभगवती गाउँपालिकाले नौ गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित रु. ४३ करोड ६१ लाख २६ हजार १७ रुपैयाँ १७ पैसा बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको कार्यालय, गंगापिपरा, रौतहटमा आयोजित सार्वजनिकरण सभामा प्रमुख प्रशासनिक अधिकृत नवीन कुमार श्रीवास्तवले बजेट प्रस्तुत गर्नुभयो। उहाँले प्रत्येक शीर्षक अनुसारको बजेट विवरण अब दुर्गा भगवती गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत पनि सहजै हेर्न सकिने जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भू सिंह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष सुरेश चौधरी, डी.के. झा,रमानन्द यादव,धर्मनाथ चौधरि कार्यपालिका सदस्य, वडा सदस्यलगायत भद्रभलाको उपस्थिति रहेको थियो।
गाउँपालिकाले स्थानीय जनताको सुझाव संकलन गरी बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ।














