रौतहट १७–पवन राज गुप्ता
दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले मंगलबार एक विशेष कार्यक्रम मार्फत इलाका प्रहरी कार्यालय गंगा पिपरालाई दुई थान मोटरसाइकल उपलब्ध गराएका छन्।
कार्यक्रमका क्रममा अध्यक्ष सिंहले मोटरसाइकलको साँचो इलाका प्रहरी कार्यालय गंगा पिपराका सई ग़ैरव दासलाई हस्तान्तरण गरे।
उनी अनुसार, मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयबाट एउटा र गाउँपालिकाको तर्फबाट अर्को गरी दुईवटा मोटरसाइकल सहयोगस्वरूप उपलब्ध गराइएको हो।
सई गौरव दासले चाड–पर्वको बेला जनताको सुरक्षा सुनिश्चित गर्न आफैं विशेष रूपमा गस्ती गर्ने कार्यलाई निरन्तरता दिने छन। उहाँले आफ्नो टोलीसहित संवेदनशील स्थानहरूमा नियमित रूपमा अनुगमन गरी सुरक्षालाई कडा बनाउनु हुने। पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उहाँ स्वयं अग्रपंक्तिमा रहेर जनताको शान्ति र सुरक्षाका लागि तत्पर रहने भए बताइएको छ।
आगामी दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै मोटरसाइकल उपलब्ध गराइएको जनाउँदै अध्यक्ष सिंहले यसले प्रहरी गस्ती र सुरक्षामा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।













