रौतहट पवन राज गुप्ता,
छात्रवृत्ति कार्यक्रम अन्तर्गत आज दुर्गा भगवती गाउँपालिका–४ स्थित माध्यमिक विद्यालय पचरुखीमा SEE परीक्षा उत्तीर्ण गरेका ४५ जना विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा वडा अध्यक्ष रामानन्द यादवको अध्यक्षता, गाउँपालिका अध्यक्ष सम्भु सिंहको प्रमुख आतिथ्य, उपाध्यक्ष शीला देवी, वडा नं. ३ का मत्सरी अध्यक्ष डि.के. झा तथा प्रमुख प्रशासकीय अधिकृत नबिन श्रीवास्तव विशेष अतिथिका रूपमा उपस्थिति हुनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक लखन मिश्रको संयोजनमा कार्यक्रम संचालन गरिएको थियो।
उक्त अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दृष्टि रंजित अधिकारीलाई पनि मधेश साहित्य महोत्सवमा उत्कृष्ठ प्रस्तुति दिएकोमा सम्मान गरियो।
वार्ड अध्यक्ष रमानन्द यादबले अब आउने वर्षदेखि MBBS तथा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद रु. ५०,०००/- पुरस्कार दिने घोषणा गर्नुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको र शिक्षाप्रतिको लगाव अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ। 🎓📚













