रौतहट क्षेत्र नं १ क को प्रदेश सभा सदस्य मा.नागेन्द्र प्रसाद साह द्वारा दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष कप २०८० को उद्घाटन।
दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष कप २०८० टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । उदघाटन गर्न पुगेका प्रमुख अतिथी रौतहट क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्य माननीय नागेन्द्र प्रसाद साहले आफ्नो मन्तब्य राख्दै युवालाई कुबलताबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ अध्यक्ष कप २०८० को आयोजना गरिएको छ। सोहि कार्यक्रममा मन्तब्य राख्दै वडा नं ३ को वडा अध्यक्ष डि.के झाले भने दुर्गा भगवती गाउँपालिकाको आर्थिक सहयोग र मारुती कल्याण केन्द्र दुर्गा भगवती गाउँपालिकाको आयोजनामा आज देखि अध्यक्ष कप दुस्रा सिजन गंगा पिपराको खेल मैदानमा सुरु भएका छन्।
प्रतियोगिताको उद्धघाटन कार्यक्रमका अध्यक्ष तथा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह मन्तब्य राख्दै यस गाउँपालिकाको खेलाडिहरुको स्तर वृद्धिका लागी दुर्गा भगवती गाउँपालिका हर संभव तयार रहेको अध्यक्ष सिंहले बताए ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा आज देखि आयोजित अध्यक्ष कप २०८० को पहिलो दिनको टि_ट्वान्टी क्रिकेट खेल वडा नं ५ ले ५९ रनको अन्तरले जितेको छ । प्रतियोगिताको पहिलो इनिङमा २० ओभर मा ५ विकेट गुमाउँदै वडा नं ५ ले १६७ रन जोडेको थियो । भने खेलको दोस्रो इनिङमा वडा नं १ ले सम्पूर्ण विकेट गुमाउँदै १०९ रन मात्र बनाएको थियो ।
वडा नं ५ को खेलाडी जितेन्द्र रामले पहिलो बैंकिङ गर्दै ६३ रन जोडेको थियो आजको खेलको मैन अफ द मैच बनेकाे जितेन्द्र राम लाई अध्यक्ष शम्भु सिंहले पुरुस्कार बाट सामान गरे ।
उद्घाटन कार्यक्रममा सहभागी रौतहट क्षेत्र नं १ (ख) को युवा नेता तथा बिधायक प्रत्यासी राजेस चौधरी, उप मेयर, वडा नं १ देखि वडा नं ५ का वडा अध्यक्ष, पत्रकार , सुरक्षाकर्मी लगायत किर्केट प्रेमीहरुको उपस्थिति रहेको थियो।













