रौतहट, असार १८ – पवन राज गुप्ता
दुर्गाभगवती गाउँपालिका–२ भलोयिहाका वडाध्यक्ष सुरेश चौधरीले आफ्नो शान्त, सरल र जनमुखी व्यवहारका कारण जनताको मन जित्दै आएका छन्। दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित भएका चौधरीले जनतासँग सिधा सम्पर्कमा रही विकास निर्माणका योजना तथा सेवा सुधारका कामलाई प्राथमिकतामा राखेर अघि बढाइरहेका छन्।
उनको नेतृत्वमा वडा नं. २ भलोयिहामा विद्यालय र स्वास्थ्य चौकीमा उल्लेखनीय सुधार भएको छ। विद्यालयहरूमा शैक्षिक वातावरण सुदृढ बनाउनेतर्फ ध्यान दिइएको छ भने स्वास्थ्य सेवामा पनि गुणस्तर वृद्धिको पहल भइरहेको छ।
वडाध्यक्ष चौधरीले योजनाहरूको नियमित अनुगमनमार्फत कार्यको प्रभावकारिता सुनिश्चित गरिरहेका छन्। सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम राख्दै योजना छनोटदेखि कार्यान्वयनसम्म जनताको सुझावलाई उच्च प्राथमिकता दिने गरेका छन्।
स्थानीय बासिन्दा भन्छन्, “सुरेशजीसँग कुरा गर्न गाह्रो छैन, उहाँ सधैं शान्त र सहज व्यवहारमा रहनुहुन्छ। हाम्रो समस्यामा चासो दिनुहुन्छ र समाधानको पहल गर्नुहुन्छ।”
उनको निरन्तर सक्रियता, जनउत्तरदायी कार्यशैली र सरल स्वभावले गर्दा वडामा समावेशी विकासको वातावरण बनेको छ। सुरेश चौधरी अब जनताबीच ‘काम गर्ने नेता’ का रूपमा स्थापित भइसकेका छन्।













