रौतहट, १० चैत । भारतीय रुपैया सहित सशस्त्र प्रहरीले रौतहटको दुर्गा भगावती गाउँपालिका निवासी एक जनालाई नियन्त्रणमा लिएका छन् ।
राजदेवी नगरपालिकाको भारत संग जोडिएका सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमार सुढीलाई सशस्त्र प्रहरीले भारतीय रुपैया सहित नियन्त्रणमा लिएका हुन् ।
भारतबाट साइकल चढेर आउदै गरेका सुढीलाई शनिवार अपरान्ह् चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोला भित्र पोका बनाएर राखिएका ३ लाख ७८ हजार भारतीय रुपैया सहित निजलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी श्रोतबाट बुझिएको छ । पक्राउ परेका सुढीलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि आज गौर भन्सार कार्यालय बुझाएको छ।












