बैशाख-४ रौतहट पवन राज गुप्ता,
दुर्गा भगवाती गाउँपलिका महिला बालबलिका तथा जेष्ठ नागरिक शाखा गंगा पीपरा को आयोजनामा ‘बाल विवाह मुक्त दुर्गाभगवाती गाउँपलिका’नारा को साथ गाउँपलिकामा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी (Ngo/Ingo)संघ संस्थाहरुको समन्वय बैठक तथा बालबलिविवाहको तथ्यांक प्रकाशन छलफल सरस्वती मा.वि
को सभाहलमा सम्पन्न भएको छ।
बाल बिबाह को तथ्यांक संकलन र लक्षित समूह केन्दृत डिजाइन रिसरच R-CEFM परियोजना को प्राबिधिक सहयोग भएका कुरा बताएका छ्न साथै यो तथ्यांक ले गाउँपलिका लाई अगामी दिन मा बाल बिबाह को क्षेत्र मा काम गर्न लाइ ठूलो मदत पुग्ने छ।
२०७७श्रावण १गते देखी २०७८फाल्गुन ३०गते (२०महीनामा) दुर्गा भगवती गाउँपलिकामा भएका २९१ विवाहमध्य वालविवाहको प्रतिशत क्रमश:५.८%(१८वर्ष मुनी)र २४.४%(२० वर्ष मुनी)र त्यसैगरी थ्याकै २०वो सो भन्दा मुनि विवाह भएको ४२प्रतिशत रहेको छ|





सो कार्यक्रममा यूनिसेफ नेपाल,पीपुल इन नीड, R-CEFM,NFCC,RDC Nepal,SODCC, Nepal ,बागमती सेवा समाज,आसमान नेपाल,माण्डवी नेपाल को प्रतिनिधिहरु ले दुर्गाभगवाती गाउँपलिकामा बिगत मा गरेको कामहरु र आउने दिनमा गर्ने कार्यक्रमहरु बारे बताएको थियो।यी संस्थाहरु गाउँपलिकामा भिभन छेत्रमा कार्य गर्दे आएका छन।
कार्यक्रममा दुर्गाभगवाती गाउँपलिका महिला बालबलिका तथा जेष्ठ नागरिक शाखा गंगा पीपराको सहायक महिला बिकाश निरक्षक मोनिका जायसवाल ले सार्वजनिक गरेको थियो।
सो कार्यक्रममा प्रमुख अतिथि दुर्गाभगवाती गाउँपलिका अध्य्क्ष शम्भू सिंह,बिसिष्ठ अतिथि दुर्गाभगवाती गाउँपलिकाको प्रमुख प्रशाशकीय अधिकृत नितेश कुमार झा,वडा न.२को वार्ड अध्य्क्ष सुरेश चौधरी, वडा न.३को वार्ड अध्य्क्ष डी.के झा,नेपाल पत्रकार महासंघ रौतहटको अध्य्क्ष प्रेमचन्द झा, पत्रकार पवन राज गुप्ता,जितेन्द्र दास, वडा सचिवहरु र वीभिन्न शाखाको प्रमुखहरु को उपस्तिथि थियो।
संस्थाहरु ले गाउँसभाभन्दा पहिला नै कार्यक्रम र योजनाहरु दीनु पर्ने प्रमुख प्रशाश्कीय अधिकृत नितेश कुमार झा ले बताएका थियो।
कुनै पनि कार्यक्रम वडामा संचलान हुदा एकआपसमा समन्वय गरी कार्यक्रम सञ्चालन हुनु पर्ने वडा न .३को वार्ड अध्य्क्ष डी. के झा ले बताउदै कार्यक्रमलाई समापन्न गरेको थियो।













