सरकारले आयात प्रतिबन्ध हटाउने निर्णय गरे पनि वाणिज्य मन्त्रालयले समन्वय गर्न नसक्दा आयात प्रतिबन्ध यथावत रहेको पाइएको छ ।
सरकारले २८ असोजमा मंसिर मसान्तसम्म चार प्रकारको वस्तुहरुमा आयात प्रतिबन्ध कायम रहने गरी प्रतिबन्ध लम्ब्याएको थियो । तर, मन्त्रिपरिषदले यो प्रतिबन्धको म्याद नथप्ने निर्णय गरेपनि सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छैन ।
प्रतिबन्ध हटेकोबारेको सूचना राजपत्रमा प्रकाशित नभएपछि नेपाल राष्ट्र बैंकले ति वस्तुको आयात गर्न एलसी -प्रतितपत्र) खोल्न बैंकहरुलाई सूचना जारी गरेको छैन । जसका कारण अधिकांश बैंकहरुले महँगा गाडी, मोबाइल, मोटरसाइकल, र विदेशी मदिराको आयातमा एलसी खोल्न मानेका छैनन ।
व्यवसायीहरुका अनुसार एलसी खोल्न गएका व्यापारीलाई बैंकहरुले राष्ट्र बैंकबाट सर्लुलर नआएका कारण सरकारले निर्णय गरेपनि एलसी खोल्न नसकिने जवाफ दिएका छन् ।












