काठमाडौं । युक्रेनमा रुसी आक्रमणपछि भ्लादिमिर पुटिनको पश्चिमसँगको सम्बन्ध बिग्रँदै गएको छ । यसअघि अमेरिका र अन्य पश्चिमी देशहरूले पुटिनका नजिकका व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएका थिए।
अब इटालीले रुसी राष्ट्रपतिको लक्जरी जहाज जफत गरेको छ । यो जहाजको बारेमा भनिएको छ कि पुटिनले यसलाई आफ्नो निजी पार्टीका लागि प्रयोग गर्थे। यो जहाजको लागत ५७० मिलियन युरो अर्थात् करिब ७४ अर्ब रुपैयाँ रहेको बताइएको छ ।

डेली मेलको रिपोर्टका अनुसार यस सुपर याटमा अस्पताल पनि छ । राष्ट्रपति पुटिनले यहाँ आफ्नो उपचार गराएको बताइएको छ । यो जहाजमा पुटिनले आफ्ना प्राइभेट पार्टीहरू राख्ने गरेको पश्चिमी सञ्चारमाध्यममा दाबी पनि भइरहेको छ । यसको कारण यो हो कि रूसी खुफिया एजेन्टहरू यस सुपर याटका चालक दलका सदस्यहरू थिए।
४५० फिटको यो विशाल जहाजमा विलासिताका सबै साधनहरू छन्। यसमा धेरै स्विमिङ पुल, दुई हेलिप्याड, पार्टी एरिया, स्पा, जिम पनि छन्। यस जहाजमा विलासिताका सबै साधन उपलब्ध छन्। यो विलासी जहाज संसारको सबैभन्दा ठूलो र सबैभन्दा मूल्यवान निजी जहाजहरूमा गणना गरिन्छ।
सहरजाद नामको यो लक्जरी सुपर याट बन्दरगाहमै रोकिएको थियो । त्यसको पुष्टि भइरहेको छ । इटालीका अर्थमन्त्री ड्यानियल फ्रान्कोले ठोस प्रमाण पाएपछि मात्रै जहाज रोकिएको बताएका छन् । उनले यो सुपर याटको मालिकको रुस सरकारसँग सम्बन्ध रहेको पनि बताए । यो सुपर याट इयु प्रतिबन्धका कारण जफत गरिएको छ।












