दासढुंगा घटना भएको आज २८ वर्ष पुगेको छ । तर पनि त्यो घटना रहस्यमय नै छ । त्यो सुनियोजित हत्या थियो या दुर्घटना त्यो भने रहस्यमयकै विषय बनेको छ । एमालेका अध्यक्ष केपी ओली तथा एमाले उपाध्यक्ष एवं मदन पत्नी विद्यादेवी भण्डारी प्रधानमन्त्री र राष्ट्रपति दुई -दुई पटक भए तर पनि उनीहरुले यो घटनाको छानबिन गर्नुपर्छ भन्ने शब्दको किन उच्चारण समेत गरेनन् ? त्यो प्रश्न अहिले धेरै आम मानिसहरुको जिज्ञासाको विषय बनेको छ । २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटना नेपाली राजनीतिक इतिहासमा पहेलीकै रुपमा छ ।
प्रश्न उठ्नु स्वभाविक छ के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ? मदनको ओतमा छहारी लिँदै आत्मकेन्द्रित त्रुटिपूर्ण दृष्टिकोणको भ्रमरुपी गतिविधिले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जवजलाई उग्रवामपन्थतासंग जोड्न खोज्जे केही एमालेका नेतृत्वको प्रवृत्ति गलत छ। मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने त्यो विद्यादेवीलाई नै परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन होला । तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए।
उनको हत्या तद्कालिन बिद्रोही नेकपा माओवादीले गरेको आरोप लगाइए पनि बिद्रोही नेकपा माओवादीले भने आफुले हत्या नगरेको भन्दै आरोपको खण्डन गरेको थियो तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन। न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो, न कसैले यसमा चासो नै दियो। भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो। नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए। त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। तर पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे।

प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन अहिले पनि। उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए। एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ।
दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। चालक अमर लामा जिवितै फर्किन सफल भए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन। मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई हत्या भएको होइन, दुर्घटना मात्र हो भनी सही गरे । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए ।
राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध । जसमा माथिको कुरा लेखिएको छ । विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह गरेकी थिइन् । मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन्। विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन्। भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको आरोप लगाईयो भने अमर लामा जेल परे, जेलबाट छुटेपछि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य खोलेनन्। पछि लामाको पनि हत्या भयो।
नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय राजनेता मदन भण्डारी कम्युनिष्ट आन्दोलनको प्रजान्त्रीकरणका नायक जनाताको वहुदलीय जनवादका प्रवर्तक एवम् नवीन विचारक मदन नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने निष्ठावान् राष्ट्रप्रेमि गौरवशाली नयन हो। वि.स. २००९ असार १४ गते बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका माहिला छोराको रुपमा पूर्वी नेपालको पहाडी ताप्लेजुङ्ग जिल्ला ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारीमा बहुमुखी प्रतिभाले भरिपूर्ण थिए । मदन भण्डारीको राजनीतिक जीवन पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट सुरु भएको हो । राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैनु भन्ने मदनको राजनीतिक जीवन यात्राको सुरुवात २०२४ सालदेखि बनारसबाट भएको थियो ।
तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिएको घटनाको छानबिन गरियो । तर, सरकार र स्वयं एमाले आफैले छानबिन गर्दा पनि त्यो सुनियोजित हत्या थियो या दुर्घटना किटान गर्न सकेन । अहिले राष्ट्रपति मदनकी जीवनसंगीनी विद्यादेवी भण्डारी छिन् भने प्रधानमन्त्री देशको प्रभावशाली नेता मदनका राजनीतिक सहकर्मी केपी ओली नै छन्। प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत थिए । स्मरण रहोस् ओलीले कुनै समय भनेका थिए म प्रधानमन्त्री भएँ भने मदन भण्डारी र जीवराज आश्रितका हत्यारा अवश्य पत्ता लगाउँनेछु।ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा पुगेकी छिन्।












