Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home खेलकुद

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

newsalert by newsalert
January 11, 2023
in खेलकुद, फिचर न्युज, मनोरञ्जन
0
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२७ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड र अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने आफ्नो प्रदेशका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने प्रस्ताव पारित गरेको छ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको अन्तिम मन्त्रिपरिषद बैठकले सोमबार अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने २, नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने १८ र राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने १७ जना खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

गत २५ मंसिरमा कर्णाली प्रदेश खेलकुद परिषदले सामाजिक विकास मन्त्रालयहुँदै कर्णाली सरकारसँग खेलाडीलाई पुरस्कार दिन गरेको प्रस्ताव स्वीकृत भएकोमा सदस्यसचिव विश्वामित्र सन्ज्यालले खुसी व्यक्त गरे ।

कर्णालीले २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएको छ । पूर्वाधारलगायतको तयारी भइरहेको छ । कर्णालीका मुख्यमन्त्रीले आफ्नो कार्यकालमा भएका उपलब्धीमा खेलकुदतर्फ दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार तयारीलाई प्राथमिकता दिएको र पदक विजेता प्रदेशका खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय खेलकुद आयोजना गर्नुअघि हामी कर्णालीमा खेलकुदको नयाँ माहोल स्थापित गर्न प्रयासरत छौं । आयोजनासँगै प्रदेश टिम पनि बलियो बनाउनु हाम्रो प्राथमिकता हुनेछ,’ सदस्यसचिव सन्ज्यालले अनलाइनखबरसँग भने, ‘खेलाडीको पुरस्कार स्वीकृत गर्ने सरकारी निर्णय स्वागतयोग्य छ । हामी सार्वजनिक कार्यक्रम गरेर उनीहरुलाई प्रमाणपत्रसहित रकम हस्तान्तरण गर्छाैं ।’

नवौं राष्ट्रिय खेलकुदमा कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कांस्य पदक जितेको थियो । सुर्खेतका दीपक हमाल र जुम्लाका दुर्गाबहादुर बुढाले स्वर्ण जितेका थिए । उसुको नान छ्वान अलराउण्डर तथा एथलेटिक्सको ३ हजार मिटर स्टिपल चेसमा स्वर्ण जितेका दीपक र दुर्गाले जनही २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

उसुको छ्वान क्वानमा रजत जित्ने सुर्खेतकी आशा शाही, एथलेटिक्समा ५ हजार मिटरतर्फ रजत जितेका दुर्गाबहादुर बुढा, आईटीएफ तेक्वान्दोमा रजत जितेका मुगुका मिलन धामी, रुकुम पश्चिमका जनक बुढामगरले जनही १ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।

आईटीएफ तेक्वान्दोमै कांस्य जितेका रुकुम पश्चिमका कमला विक र महेन्द्र बुढाथोकी, उसुको सान्सोतर्फ सुर्खेतकी गोमा आफ्रे, तेक्वान्दोतर्फ सुर्खेतकी विकिका बस्नेत, पश्तिम रुकुमकी इला खत्री र सुर्खेतका जोन राउत, करातेतर्फ सुर्खेतका जोन रावत, करातेमै दोहोरो पदक विजेता (कुमुते र काता) एलिसा रास्कोटी मगर, बक्सिङमा सुर्खेतकी अस्मिता चन्द र कालीकोटका प्रकाश शाही, फुलकन्ट्याक्ट करातेमा हुम्लाकी प्रमिला बुमी र जुडोमा रुकुम पश्चिमकी हिरा आचार्यलाई कांस्य पदक जितेकोमा जनही १ लाख रुपैयाँका दरले पुरस्कृत गरिने भएको छ ।

यस्तै गत असार २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना भएको १२औं राष्ट्रपति रनिङ शिल्डमा पदक विजेतालाई पनि कर्णाली सरकारले नगदसहित सम्मान गर्दैछ । प्रतियोगितामा कर्णाली प्रदेशले ४ स्वर्ण, ७ रजत र ६ कांस्य पदम जितेको थियो ।

उसुको नान छ्वानतर्फ सुर्खेतका सुरेश चौधरी तथा एथलेटिक्सको ३ हजार मिटरमा सुर्खेतकै अजय विकले स्वर्ण जितेका थिए । कालीकोटकी भावना फर्सालले एटलेटिक्समा ४०० र ८०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनीहरुले जनही २० हजार पुरस्कार पाउनेछन् । दुई स्वर्ण जितेकी भावनाले ४० हजार पाउनेछिन् ।

एथलेटिक्सको ८०० मिटर दौडतर्फ कालीकोटका प्रकाश बुढा, हाइजम्पमा रुकुम पश्चिमकी मापसना रसाइली, १५०० मिटरमा कालीकोटकी हिमाली शाही, ३ हजार मिटरमा सुर्खेतकी विमला कार्की, १०० मिटरमा सुर्खेतकै सन्दीप देउजा, २०० मिटरमा सुर्खेतकै सुशील वली र तेक्वान्दोतर्फ सुर्खेतकै काजल विकले रजत जितेका थिए । उनीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Next Post

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

newsalert

newsalert

Next Post
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.