रौतहट
पवन राज गुप्ता
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल पत्रकार महासंघ शाखा कार्यालय गौरसँग अन्तरकृया तथा अभिमुखीकरण कार्यक्रम आज गौर नगर पालिकाको सभाहलमा सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कार्यक्रम संयोजक विनय कुमार साहले विभिन्न देशको कारागार मा रहेको नेपालीको सख्या ,वैदेशिक रोजगारमा गई मृत्यु तथा अंगभग हुनेको सख्या , वैदेशिक रोजगारबाट वार्षिक रेमिटान्स ,आप्रवासी स्रोत केन्द्रको सेवाग्रहीको विवरण ,श्रम स्वीकृत लिएका व्यतिहरुको विवरण , वैदेशिक रोजगारलाई सुरक्षित एवम् व्यवस्थित बनाउन कार्यक्रमको मुख्य पाँच वटा कार्यहरु वारेमा प्रस्तुती गरेका थिए ।
बैदेशिक रोजगार सम्बन्धी सूचना प्राप्त गर्ने, काम बारे बुझ्न, आफु ठगिने बेलामा जिल्ला प्राशसन कार्यलयको कोठा न .१२मा जनकारी गराउने कार्यक्रमका सयोंजक बिनय शाह ले बताउनु भयो।

सोही अवसरमा गाउँ घरमा एजेन्टले विभिन्न प्रलोभनमा पारी रकम ठगीमा परेका व्यतिmहरुले आ आफनो समस्याका वारेका चर्चा गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा जिल्लाका संचारकर्मीहरु , ठगीमा परेका व्यतिहरु लगायत सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कर्मचारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।











