पवन राज गुप्ता
रौतहट ज़िल्ला को दुर्गाभगवती गाउँपलिकामा मुटु र नासा सम्बन्धी दुइ दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।

सो शिवरमा ११००जाना बिरामीहरु को वीडियो x-ray(echo),१५०० जाना लाई ecg र १६००जाना लाई रक्त चाप चेक जांच गरीएको छन।
मधेश प्रदेशमैं सफल मुटु सम्बन्धी इंटरवेशन सर्जरी गर्दै आईरहेका नेशनल मेडिकल कलेजका बरिष्ट मुटु रोग बिशेषज्ञ डा. जीतेंद्र कुमार मिश्रा, डा. अफरोज अन्सारी, तथा बरिष्ठ स्पाईन नशा रोग बिशेषज्ञ डा सरफरोज अंसारी द्वारा चेक जांच गरीएको छन।
अध्य्क्ष शम्भू सिंह र सहजकर्ता गौरव वर्मा को यस शिविरमा ठुलो योगदान रहेको छ।
अध्य्क्ष सिंह र उपा-अध्य्क्ष शिला देवी ले शिविरमा काम गरेका स्वास्थ्यकर्मीहरु लाई सम्मान पत्र दिदै फूलमाला लगाएर बिदाई गरेका छन।












